१२ साउन २०८३, मंगलबार

सुनसरीमा तनाव बढ्दै: मुख्य राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू जारी

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

विराटनगर: सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९(नौ)  बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल),पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कफ्यु आदेश जारी गरेको हो ।आदेशमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी पूर्ण रोक लगाइएको छ ।प्रशासनले कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ ।

आइतबार राति कप्तानगन्जमा भएको झडप र प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सोमबार दिनभर सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेपछि र सवारी साधनमा तोडफोडको स्थिति सिर्जना भएपछि प्रशासनले यो कदम चालेको हो ।यसअघि नै देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी भइसकेको थियो । राजमार्ग क्षेत्रमा समेत कर्फ्यू लागेपछि अब सुनसरीको मुख्य यातायात र बजार क्षेत्र ठप्प हुने देखिएको छ । प्रशासनले भने राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206