इलाम: विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै गएको नेपाली अलैंची गएको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्मकै उच्च मूल्यमा निर्यात भएको छ ।
भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार गएको वर्ष झापाको काँकडभिट्टा नाकाबाट १२ अर्ब ६३ करोड ६९(उनन्सत्तरी) लाख ७० हजार रुपैयाँ बराबरको ६३ लाख ८५ हजार ८७० किलो अलैंची निर्यात भएको हो ।यो निर्यात अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा चार अर्ब ९६(छयान्नब्बे) करोड २९(उनन्तिस) लाख ३३ हजार रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा सोही नाकाबाट ४२ लाख ९४ हजार ५५० किलो अलैंची निर्यात भएको थियो । गएको आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २० लाख ९१(एकान्नब्बे) हजार ३२० किलो बढी अलैंची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
