११ साउन २०८३, सोमबार

पशुपालनमा वैज्ञानिक सिकाइ: कृषि विश्वविद्यालयद्वारा किसानलाई विशेष तालिम

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

चितवन: कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अबधारणका विषयमा किसानलाई तालिम दिइएको छ ।

ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैङ्क, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो । एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी (फङ्गस) र परजीवी जस्ता सूक्ष्मजीवलाई मार्ने वा वृद्धि रोक्ने औषधि हो । तालिममा चितवन र नवलपुर जिल्ला ५३ जना पशुपालक किसानको सहभागिता थियो । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी महिलाको सहभागी हुनुहुन्थ्यो ।त्यस अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन डा शङ्कर बसैलाले पशुपालन क्षेत्रको दिगो विकासका लागि किसानमा वैज्ञानिक ज्ञान, जैविक सुरक्षा र जिम्मेवार औषधि प्रयोगको संस्कार विकास हुनु आजको आवश्यकता रहेको बताउनुभयो ।

तालिमका अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार तथा पशुचिकित्सा विषयका प्राध्यापक डा सुवीर सिंह, पूर्वउपकुलपति प्राडा होमबहादुर बस्नेत, प्राडा मनोजकुमार शाह, प्राडा रेवन्तकुमार भट्टराई, डा अनिलकुमार तिवारी, डा शेखर पोखरेल र डा रामकृष्ण यादवले विषयगत जानकारी र अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गर्नुभएको थियो ।त्यस अवसरमा किसानले आफ्नो दैनिक पशुपालन अभ्यासमा देखिएका रोग व्यवस्थापन, एन्टिबायोटिकको उचित प्रयोग, खोप, जैविक सुरक्षा, पशु स्वास्थ्य, उत्पादन व्यवस्थापन तथा अन्य व्यावहारिक समस्यासम्बन्धी जिज्ञासा राख्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206