०८ साउन २०८३, शुक्रबार

बिस वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त

Logo
Pulse Khabar शुक्रबार, साउन ०८, २०८३

काठमाडौं: जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जालाई प्रहरीले शुक्रबार राति १२ः३० बजेतिर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।घटनाको पृष्ठभूमि दुई दशक अगाडिको हो । २०६० चैत्र ७ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) ले म्याग्दी सदरमुकाम बेनीमा भीषण आक्रमण गरेको थियो । सोही समयमा पुर्जा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा थुनामा थिए । सशस्त्र जनयुद्धको अस्तव्यस्तता र आक्रमणको फाइदा उठाउँदै उनी सोही रात कारागारबाट फरार भएका थिए ।जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो । कारागारबाट फरार भएदेखि नै उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहँदै आएका थिए । उनले अझै १० वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा खटिएको टोलीले पुर्जालाई पक्राउ गर्न सफल भएको हो । रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा दुर्गम लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206