०८ साउन २०८३, शुक्रबार

सुनसरीको इनरुवाबाट मोरङ, धनकुटा र भोजपुरका चार युवा लागुऔषधसहित पक्राउ

Logo
Pulse Khabar शुक्रबार, साउन ०८, २०८३

विराटनगर: मोरङ,धनकुटा र भोजपुर घर भएका चार जना युवालाई प्रहरीले सुनसरीको इनरुवाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ बसपार्कबाट मोरङको सुन्दरहरैँचा र उर्लाबारी घर भएका दुई जना युवालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले सुन्दरहरैँचा नगरपालिका–१० का २७ वर्षीय राजन उराउ र उर्लाबारी नगरपालिका–४ का ३४ वर्षीय प्रकाश उराउलाई दिउँसो १ बजेतिर पक्राउ गरेको हो ।पश्चिमबाट पैदल नै पूर्वतर्फ आउँदै गरेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा साथबाट ब्राउन सुगर २२ ग्राम ४५० मिलिग्राम बरामद भएको छ । ब्राउन सुगर बरामद भएपछि दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।पक्राउ परेकामाथि विस्तृतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

त्यस्तै, इनरुवा बसपार्कबाट धनकुटाको महालक्ष्मी र भोजपुरको हतुवागढीका दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३८ प २३८९(दुई हजार तीन सय उनानब्बे) नम्बरको स्कुटरलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।चेकजाँचका क्रममा स्कुटर चालक महालक्ष्मी नगरपालिका–९(नौ)  का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार हतुवागढी गाउँपालिका–५ का ३२ वर्षीय रोशन राईको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।लागुऔषध र स्कुटरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206