०७ साउन २०८३, बिहिबार

कोशी प्रदेशमा ७४ प्रतिशत धान रोपाइँ सकियो

Logo
Pulse Khabar बिहिबार, साउन ०७, २०८३

विराटनगर: कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव ९४(चौरान्नब्बे)  प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कोशी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बू गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा धान रोपाइँ गरिएको छ ।कोशी प्रदेशको मध्य पहाडका आठ जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ६७ हजार ७१७ हेक्टर धान लगाउने क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।

यस्तै कोशी प्रदेश तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी गरी एक लाख ९३ हजार २८५ हेक्टर धान लगाउने क्षेत्रमध्ये कूल एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत अधिकारीले बताउनुभयो । कोशी प्रदेशमा आठ लाख २६ हजार ६४६ हेक्टर जग्गा कृषियोग्य रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206