०७ साउन २०८३, बिहिबार

अवैध रूपमा भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद

Logo
Pulse Khabar बिहिबार, साउन ०७, २०८३

भद्रपुर (झापा): भन्सार छलेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका रु सात लाख बढी मूल्यका लत्ताकपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–८ मेची बस्ती क्षेत्रमा रिक्सामा राखेर नेपालतर्फ ल्याइँदै गरेको २४ बोरा लत्ताकपडा नियन्त्रणमा लिएको हो ।बरामद गरिएका लत्ताकपडा मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ । भन्सार कार्यालयले उक्त सामानको भन्सार मूल्य रु सात लाख ३१ हजार ४९०(चार सय नब्बे) कायम गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको सक्रियता जारी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206