०७ साउन २०८३, बिहिबार

नेपालमा प्रतिबन्धित २०० र ५०० का भारतीय नोटको प्रयोग पुनः खुला

Logo
Pulse Khabar बिहिबार, साउन ०७, २०८३

काठमाडौं :नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट प्रयोग खुला गरेकाे छ ।

केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको हाे ।नेपाली बजारमा ५ सय सम्मका भारुको कारोबार गर्न सकिने र ती दरका नोट बैंकहरूले पनि सहज सटही लिने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको हो ।बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो ।

तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।अहिले प्रचलनमा रहेको २ हजारको नोट ओसारपसार गर्न वा साथमा राख्न पनि नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206