०७ साउन २०८३, बिहिबार

सिरहामा गोली चल्यो, ६ जना नियन्त्रणमा

Logo
Pulse Khabar बिहिबार, साउन ०७, २०८३

सिरहा:सिराहाको लहान नगरपालिकास्थित हस्पिटल चोकमा गोली हानेर ६ जनालाई पक्राउ गरिएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।कारबाहीका क्रममा ५ जना भारतीय र १ जना नेपाली नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले बिहीबार दिउँसो विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । पक्राउ परेकाहरूको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको थियो । घटनामा १ भारतीय र १ नेपाली नागरिकको खुट्टामा गोली लागेको छ । दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूको परिचय र लागुऔषध कारोबारसँग सम्बन्धित अन्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206