०१ माघ २०८२, बिहिबार

एनसेलको सेयर छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

Logo
Pulse Khabar आइतबार, माघ २८, २०८०

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको उहाँले बताउनुभयो । समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि दिनुभयो । उहाँले सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206