०७ साउन २०८३, बिहिबार

नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा सिरहाबाट बरामद, ३ जना पक्राउ

Logo
Pulse Khabar बिहिबार, साउन ०७, २०८३

सिराहा : सिराहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा बरामद भएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बा २१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा ४६ वटा नास्पातीका क्रेटभित्र बोरामा लुकाइएको गाँजा फेला पारेको हो । प्रहरीका अनुसार बरामद गाँजाको तौल ६५२ किलो रहेको छ । गाडीबाट करिब ९(नौ) हजार ९२०(नौ सय बीस) किलो नास्पाती पनि नियन्त्रणमा लिइएको छ ।नास्पातीमा लुकाएर गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९(उन्नाइस) वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ । सिराहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न अनुसन्धानलाई थप विस्तार गरेको छ । बरामद पिकअप, गाँजा र अन्य सामग्री नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206