०७ साउन २०८३, बिहिबार

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक; यस्तो छ मन्त्रिपरिषद्को निर्णय

Logo
Pulse Khabar बुधबार, साउन ०६, २०८३

काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक छानबिन समिति बनाउनेसहित न्यायपालिका, गुठी प्रशासन, हवाई सेवा, मिटरब्याज पीडित र शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सात महत्त्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ ।त्यस्तै, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

पर्यटन तथा हवाई सेवा प्रवर्धनका लागि सरकारले २०८५ साल भदौ मसान्तसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मिटरब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।साथै, उक्त सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारकै मितिबाट अवैध घोषणा गर्ने निर्णय पनि गरिएको छ । यस्तै, आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206