०७ साउन २०८३, बिहिबार

जनकपुरधाम आन्तरिक राजस्व कार्यालयद्वारा ६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन

Logo
Pulse Khabar बुधबार, साउन ०६, २०८३

जनकपुरधाम: बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९(उनन्चास)  प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९(उनान्सय)  हजार राजस्व सङ्कलन गरेको छ ।यस्तै ब्याजकरतर्फ रु सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ रु पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताउनुभयो ।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा रु चार अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब ९०(नब्बे)  करोड सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा रु छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् । करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206