०६ साउन २०८३, बुधबार

बाढीबाट २३ को मृत्यु, सयौं मानिस बेपत्ता

Logo
Pulse Khabar बुधबार, साउन ०६, २०८३

एजेन्सी: अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

सय जनाभन्दा बढी मानिस अझै बेपत्ता छन् । घटनामा ८० जना घाइते भएका छन् ।अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार परेको अविरल वर्षापछि आएको बाढीले नुरिस्तानका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको हो । उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजीमा परिचालन गरिएको छ ।बाढीका कारण प्रान्तीय राजधानी पारुनसहित प्रभावित क्षेत्रका घर, सार्वजनिक भवन तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । अधिकारीहरूले बेपत्ताको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।मौसम विभागले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा थप बाढीको जोखिम रहने चेतावनी दिएको छ ।

त्यसलाई ध्यानमा राख्दै ३४ मध्ये १० प्रान्तमा उच्च सतर्कता (अलर्ट) जारी गरिएको छ ।स्थानीय प्रशासनले नदी किनार, खोल्सा तथा बाढीको उच्च जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन् ।अफगानिस्तानमा पछिल्ला वर्षहरूमा बाढीका घटना बढ्दै गएका छन् । गत वर्ष आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो । यस वर्ष मात्र बाढी र पहिरोसँग सम्बन्धित घटनामा ११० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206