०६ साउन २०८३, बुधबार

पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु

Logo
Pulse Khabar मंगलबार, साउन ०५, २०८३

पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

यो सँगै गत जुन –२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको एनडिएमएले उल्लेख गरेको छ ।

एनडिएमएका अनुसार मनसुन सुरु भए देखि १२३ जना घाइते भएका छन् भने १७८ वटा घरहरू क्षतिग्रस्त भएको र करिब ३।४२ किलोमिटर सडक प्रभावित भएको जनाइएको छ ।एनडिएमएले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, बाढी– पहिरो तथा वषाए जन्य जोखिमबाट सतर्क रहन आग्रह गर्दै आगामी दिनमा मनसुन वर्षा जारी रहने पूर्वानुमान जारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206