जनकपुर:जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङकाे स्वागतका लागि पुगेका समर्थक लखेटिएका छन् ।
मन्दिर दर्शनका लागि आउन लागेका सम्पाङको स्वागतमा पुगेका समर्थकहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले लखेटेका हुन् ।सम्पाङ आउनुअघि नै मन्दिर प्राङ्गणमा स्वागतका लागि भेला भएका समर्थकविरुद्ध नाराबाजी गर्दै विवाद गरेपछि केही बेर मन्दिर परिसरमा तनाव भएकाे थियाे ।याे घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै हर्क सम्पाङले जनकपुरमा “लफडा” भएको र आफूले सम्पर्क गर्न खोज्दा गृहमन्त्रीको फोन अफ रहेको भन्दै आक्रोश पोखेका छन् ।
उनले अर्को एक स्ट्याटसमा “उहिलेको कुरा र धर्मको कुरा लिएर लफडा भएको” उल्लेख गर्दै पुराना विषयलाई लिएर अहिले अवरोध पुर्याउनु दुःखद भएको बताएका छन् ।अहिले जानकी मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
