०५ साउन २०८३, मंगलबार

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध

Logo
Pulse Khabar मंगलबार, साउन ०५, २०८३

भद्रपुर (झापा): साउनः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न नदी नियन्त्रण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण गरेको छ ।

नदी कटान तथा बाढीबाट जनधन र कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा तटबन्ध निर्माण गरिएको हो ।आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार कार्यालयले अघिल्ला वर्षदेखि नै नदी नियन्त्रणलाई निरन्तरता दिँदै आएको छ भने गत आर्थिक वर्षमा थप १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको हो ।“नदी कटानको जोखिम न्यूनीकरण गर्दै मानव बस्ती, कृषि भूमि र भौतिक पूर्वाधारको सुरक्षा गर्ने लक्ष्यका साथ हरेक वर्ष तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो, “गत आवमा पनि भौगोलिक कठिनाइका बीच विभिन्न नदीहरूमा उल्लेखनीय प्रगति हासिल भएको छ । चालु आवमा पनि आवश्यकता र जोखिमका आधारमा तटबन्ध निर्माणलाई निरन्तरता दिइनेछ ।”आयोजना कार्यालयका अनुसार गत आवमा विभिन्न आठवटा मुख्य नदीमा तटबन्धकोे काम भएको छ । झापाका रतुवा–मावा नदीमा १.८५४ किलोमिटर, कमलमा २.७५० किलोमिटर, कन्काईमा ३.७२५ किलोमिटर, विरिङमा ३.१३७ किलोमिटर र मेची नदीमा १.२०९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

त्यस्तै इलामको माई नदीमा १.२९५( दुई सय पन्चानब्बे) किलोमिटर, पाँचथरको हेवामा ४६९(चार सय उनन्सत्तरी) मिटर र ताप्लेजुङको काबेलीमा २९६(दुई सय छयान्नब्बे)  मिटर तटबन्ध निर्माण गरिएको छ । हेवा, काबेली र माई नदीमा गत आवदेखि पहिलोपटक नियन्त्रणको काम सुरु गरिएको आयोजनाले जनाएको छ ।नदी नियन्त्रण तथा तटबन्ध निर्माणका ती सम्पूर्ण आयोजना कार्यान्वयनका लागि आव २०८२÷८३ मा कुल रु ५८ करोड ३८ लाख २९(उनन्तिस)  हजार खर्च भएको छ । आयोजना कार्यालयको समग्र वार्षिक वित्तीय प्रगतिको २९.५३(उनन्तीस दशमलव पाँच तीन) प्रतिशत रहेको जनाइएको छ । आयोजनाले मुख्य रूपमा झापाका ठूला नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाले छिमेकी जिल्ला मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका नदी संरक्षण तथा तटबन्ध निर्माणको प्राविधिक तथा प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206