२० मंसिर २०८२, शनिबार

हत्या गर्ने उदेश्यले गोली चलाइएको ट्रम्पको दाबी

Logo
Pulse Khabar मंगलबार, साउन ०१, २०८१

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या गर्ने उदेश्यले आफूमाथि गोली प्रहार भएको बताउनुभएको छ । ‘न्युयोर्क पोस्ट’सँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । आक्रमणमा मारिने सम्भावना’बाट उम्केको उहाँले प्रतिकृया दिनुभयो ।

रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा विमानमा सवार ट्रम्पले ‘न्युयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानलाई छोएर थियो । आक्रमणबाट उहाँको अनुहार रगताम्य भएको, एकजना दर्शकको मृत्यु भएको र अन्य दुईजना घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्न आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताउनुभएको हो ।

गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उहाँले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206