०५ साउन २०८३, मंगलबार

पहिरोले कोशी राजमार्गको चैनपुर—बसन्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

Logo
Pulse Khabar सोमबार, साउन ०४, २०८३

संखुवासभा: अविरल वर्षाका कारण आएको पहिरोले कोशी राजमार्ग अन्तर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक(डीएसपी( कुमारप्रसाद मैनालीका अनुसार धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण स्थानीय शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा र माटोसहितको ठूलो पहिरो खसेर सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि चैनपुरबाट बसन्तपुर र बसन्तपुरबाट चैनपुरतर्फ आवतजावत गर्ने सवारी साधनहरू बीचबाटोमै ठप्प भएका छन् । यसले गर्दा लामो तथा छोटो दूरीका यात्रीहरू मर्कामा परेका छन् ।

पहिरोका कारण शारदा माध्यमिक विद्यालयको भवन र परिसर समेत जोखिममा परेको प्रहरीले जनाएको छ । विद्यालयको प्राङ्गणबाटै पहिरो खसेकाले थप वर्षा भएमा विद्यालय भवनमा क्षति पुग्न सक्ने खतरा बढेको छ ।अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारसँग समन्वय गरी पहिरो पन्छाउने र यातायात सुचारु गर्ने तयारी भइरहेको डीएसपी मैनालीले जानकारी दिए । तर, वर्षा नरोकिएका कारण पहिरो पन्छाउन केही समय लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206