३२ आषाढ २०८३, बिहिबार

मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना, नदी तटीय क्षेत्र र पहिरो जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar बिहिबार, आषाढ ३२, २०८३

काठमाडौं: देशभर मनसुनी वायु सक्रिय रहँदा आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा नेपालको तराई नजिक र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, साथै कोशी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।रातको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206