विराटनगर: नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।बजारमा मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेर आज ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
