३० आषाढ २०८३, मंगलबार

पाकिस्तानमा भारी वर्षाको वितण्डा: घर भत्किँदा ९(नौ) जनाको मृत्यु, १४ घाइते

Logo
Pulse Khabar मंगलबार, आषाढ ३०, २०८३

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् । कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ ।मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेको उल्लेख गर्दै घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् ।

पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवन यापनमासमेत बाधा पुगेको जनाइएको छ ।यस अघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पिडिएमए० ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206