३० आषाढ २०८३, मंगलबार

इरानमाथि अमेरिकाको हवाई आक्रमण, होर्मुजमा तनाव झन् चुलियो

Logo
Pulse Khabar मंगलबार, आषाढ ३०, २०८३

एजेन्सी:अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकी सेनाले इरानलाई लक्षित गर्दै सैन्य कारबाही अघि बढाएको हो ।इरानी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास र किश टापु आसपास क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिएको छ । अमेरिकी सेनाले मंगलबार राति ८ बजेदेखि अमेरिकी नौसेनाको नेतृत्वमा इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । नाकाबन्दी लागू हुनुअघि उक्त क्षेत्र छाड्न तटस्थ जहाजहरूलाई चेतावनीसमेत दिइएको छ ।यता, संयुक्त अरब इमिरेट्स (युएई)को रक्षा मन्त्रालयले होर्मुजनजिक ओमानको समुद्री क्षेत्रमा आफ्ना दुई तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ ।

‘मोम्बासा’ नामक ट्यांकरमा भएको आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।यसअघि ट्रम्पले होर्मुजको सुरक्षा अमेरिकाले गर्ने घोषणा गर्दै त्यहाँबाट आवतजावत गर्ने प्रत्येक मालवाहक जहाजबाट २० प्रतिशत कर असुल्ने योजना सार्वजनिक गरेका थिए । ट्रम्पको उक्त घोषणाप्रति इरानले कडा आपत्ति जनाएको छ । इरानी सेनाको मुख्यालयका प्रवक्ताले होर्मुजमा अमेरिकाको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206