३२ आषाढ २०८३, बिहिबार

काठमाडौं उपत्यकाका नाकाहरू खुले, रोकिएका सवारी साधन चल्न थाले

Logo
Pulse Khabar मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं:अविरल वर्षा र खराब मौसमका कारण रोकिएका सवारी साधनहरू काठमाडाैंबाट बाहिरिन थालेका छन् ।

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाहरू पुनः सुचारु भएसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका हुन् ।हिजोदेखि नै जोखिमलाई मध्यनजर गर्दै नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरूमा सवारी आवागमन राेकिएकाे थियाे । आज बिहानैदेखि ती नाकाहरूबाट सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको हाे । सवारी साधनको चाप उच्च रहेकाले ट्राफिक प्रहरीले नागढुंगा र साँगा लगायतका क्षेत्रमा विशेष व्यवस्थापन गरिरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार, ललितपुरको भट्टेडाँडाबाहेक उपत्यका जोडिने अन्य सबै मुख्य सडकहरूमा सवारी आवागमन सुचारु भएको छ ।ठाउँ–ठाउँमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनको लामलाई व्यवस्थित गर्दै गन्तव्यतर्फ जान सहजीकरण गरिरहेका छन् ।सडक खुला भएसँगै रोकिएका सयौं सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206