सिरहा :सिरहाको गोलबजार नगरपालिका–७ मा खाल्डाेमा डुबेर एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ ।
गाेलबजारकाे पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेखकाे मृत्यु भएकाे हाे ।रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए । घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतबार करिब दिउँसो २:३० बजे घरबाट खेल्न निस्किएका थिए ।
खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ खाल्डो गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको थियाे ।खाल्डाेमा डुबेलका बालबालिकालाई स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् ।
