२८ आषाढ २०८३, आइतबार

विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

विराटनगर:मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा ‘नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन’ सम्पन्न भएको छ ।

हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित एक दिने सम्मेलनको नारा ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ (आजको इमेजिङ, भोलिको प्रभाव) रहेको थियो । सम्मेलनमा क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि, रेडियोआइसोटोप थेरापी, र मोलिक्युलर इमेजिङका पछिल्ला उपलब्धिबारे गहन मन्थन गरिएको थियो ।सम्मेलनमा छिमेकी मुलुक बंगलादेश र भारतका ख्यातिप्राप्त विशेषज्ञहरूको सहभागिता रहेको थियो । बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा.डा. सनोवार हुसेन, प्रा.डा. फारिया नर्सिन र प्रा.डा. जास्मिन आरा हकले आफ्ना अनुभव साटेका थिए । त्यस्तै, भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट (आरजीसीआईआरसी) बाट प्रा.डा. मनोज गुप्ताले विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।नेपालको तर्फबाट डा. अमरदीप चौधरी, डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले नेपालमा न्यूक्लियर मेडिसिनको अवस्था र भविष्यबारे महत्त्वपूर्ण प्रस्तुति दिएका थिए । देशभरका काठमाडौं, पोखरा, चितवन, झापा र सुनसरी लगायतका जिल्लाबाट ३ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।सोही अवसरमा हस्पिटलमा ‘न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग’ र ‘न्युरो साइन्स विभाग’ का लागि निर्माण गरिएको छुट्टै सुविधा सम्पन्न भवनको समेत उद्घाटन गरिएको थियो ।

पूर्वी नेपालमै पहिलो पटक न्यूक्लियर मेडिसिन विभाग स्थापना गरेको विराटले पेटभित्र फैलिने क्यान्सरको अत्याधुनिक उपचार ‘हाइपेक’ सेवा समेत सुरु गरिसकेको छ । यो चिकित्सा विज्ञानको यस्तो आधुनिक विधा हो, जसमा रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका भित्री अंगहरूको सूक्ष्म कार्य प्रणाली जाँचिन्छ । यस प्रविधिबाट क्यान्सरको प्रारम्भिक पहिचान, मुटुको रक्त प्रवाह, हड्डीका रोग र थाइरोइडको सटीक निदान र उपचार सम्भव हुन्छ ।सम्मेलनले पूर्वी नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको विश्वास लिइएको छ । विराट मेडिकल कलेजका अनुसार, यस्ता अत्याधुनिक सेवा र अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँगको सहकार्यले जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेछ ।हाल हस्पिटलले रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, र न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार जस्ता विश्व स्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।यस ऐतिहासिक सम्मेलनले नेपालको स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याउने र आगामी दिनमा जटिल रोगको व्यवस्थापनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206