२८ आषाढ २०८३, आइतबार

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै भोजपुरको समता विद्यालय

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

भोजपुर: विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ ।

विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बताउनुभयो । अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई परम्परागत संस्कृति, रहनसहन तथा वेशभूषाबारे ज्ञान दिने गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक शिक्षासँगै संस्कार र संस्कृतिको संरक्षण पनि उत्तिकै आवश्यक भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। नयाँ पुस्तालाई सानै उमेरदेखि संस्कार र पहिचानबारे ज्ञान प्रदान गर्ने लक्ष्यका साथ विद्यालयले सांस्कृतिक शिक्षामा जोड दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206