२६ आषाढ २०८३, शुक्रबार

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

Logo
Pulse Khabar शुक्रबार, आषाढ २६, २०८३

काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा आज (शुक्रबार) देशका अधिकांश स्थानमा बदली र भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो हिमाली र पहाडी भू–भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश तथा कोशीको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति पनि देशभर बदली रहनेछ ।कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ भने तराईका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै, मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206