२५ आषाढ २०८३, बिहिबार

सुनचाँदीको मूल्य लगातार घट्दै

Logo
Pulse Khabar बिहिबार, आषाढ २५, २०८३

विराटनगर:नेपाली बजारमा बिहीबार (आज) पनि सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ ।

पछिल्लो केही दिनदेखि सुनचाँदीको मूल्य मूल्य घट्दै आएको छ ।बिहीबार सुनको मूल्यमा प्रतितोलाको २ हजार ४ सय र चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ घटेसँगै प्रतितोलाको ४ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206