२५ आषाढ २०८३, बिहिबार

रंगेलीको पार्वती माविमा फूलका बिरुवा रोपियो: विद्यार्थीलाई व्यावहारिक सिकाइ र वातावरण संरक्षणको जोड

Logo
Pulse Khabar बुधबार, आषाढ २४, २०८३

रंगेली : मोरङको रंगेली नगरपालिका–९(नौ) स्थित पार्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन् ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक डा. ओमप्रकाश सिंहका अनुसार पाठ्यपुस्तकमा उल्लेख भएका बिरुवाको अध्ययनलाई व्यवहारिक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

अब विद्यार्थीहरूलाई बिरुवाको पहिचान, संरक्षण र हेरचाहसम्बन्धी गतिविधिमा नियमित रूपमा सहभागी गराइने उनले बताए । यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरण संरक्षणप्रतिको चेतना, प्रकृतिप्रेम र सामूहिक जिम्मेवारीको भावना अभिवृद्धि हुने विश्वास विद्यालयको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206