२४ आषाढ २०८३, बुधबार

प्रहरीका लागि खुसीको खबर: नोबेल अस्पतालमा उपचार गर्दा प्रहरी कर्मचारी र परिवारलाई २५ प्रतिशत छुट

Logo
Pulse Khabar बुधबार, आषाढ २४, २०८३

विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरीका आश्रित तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र अस्पतालका निर्देशक प्राध्यापक डा. अशोक कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने सबै उपचार सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।कार्यक्रममा डा. कोइरालाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल प्रतिबद्ध रहेको बताए ।

डीआईजी घिमिरेले उक्त सहुलियतका लागि अस्पतालप्रति आभार व्यक्त गर्दै यसले प्रहरी कर्मचारी तथा परिवारलाई उपचारमा उल्लेखनीय राहत पुग्ने विश्वास व्यक्त गरे ।सम्झौता कार्यक्रममा एसएसपी योगेन्द्र सिंह थापा, अस्पतालका जनसम्पर्क अधिकृत नवीन दाहाल, एसपी नारायण चिमरियालगायतका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206