विराटनगरः‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट आगामी असार २७ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
करिब १० महिनाको पुनर्निर्माणपछि स्टोर सञ्चालनमा आउन लागेको हो । पुनः सञ्चालनको पूर्वसन्ध्यामा सोमबार स्टोरमा विशेष पूजासमेत गरिएको थियो । सोमबार नै भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई नगदसहित सम्मान गरेकी थिइन् ।जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर रहेका २८ मध्ये १२ शाखा जलेर नष्ट भएका थिए, जसमध्ये विराटनगर पुनः सञ्चालनमा आउन लागेको आठौँ स्टोर हो ।
१० महिनाअघि भएको आगजनीबाट भाटभटेनीले करिब १० अर्ब ८५ करोड रुपैयाँको क्षति बेहोरेको थियो । हाल अत्याधुनिक सुरक्षा मापदण्ड र नयाँ डिजाइनसहित स्टोरलाई पुनर्निर्माण गरिएको छ । विराटनगरपछि झापाको बिर्तामोड र धरानको शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।
