२३ आषाढ २०८३, मंगलबार

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar मंगलबार, आषाढ २३, २०८३

काठमाडौं:देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (मंगलबार) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको सम्भावना रहेको हो । महाशाखाले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को पूर्वानुमान छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।लगातारको वर्षाले पहिरो, गेग्रान बहाव र साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ । यस्तै, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले खुला स्थानमा अनावश्यक रूपमा बस्न तथा कृषि र दैनिक जनजीवनमा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206