२२ आषाढ २०८३, सोमबार

मनसुनको सुस्त गति: देशभर २५ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा बल्ल १५ प्रतिशत

Logo
Pulse Khabar आइतबार, आषाढ २१, २०८३

काठमाडौं : मनसुनको ढिलाइ र पर्याप्त वर्षाको अभावका कारण यस वर्ष धान रोपाइँको गति केही सुस्त देखिएको छ ।

असार १९(उन्नाइस ) गतेसम्म देशभर करिब २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९(नौ ) प्रतिशत सम्पन्न भएको छ ।मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६(दुई सय नौ दशमलव चार छ) हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६(तिन सय सन्ताउन्न दशमलव छन्नब्बे) हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । मधेस प्रदेशमा ३ लाख ८५ हजार ९३३(नौ सय तेत्तीस )हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ९३(त्रियान्नब्बे ) हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ४३ हजार २९०(दुई सय नब्बे )हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ९५०(नौ सय पचास) हेक्टरमध्ये ८९ (उनान्नब्बे )हजार ७४२ हेक्टर (५७.९२(सन्ताउन्न दशमलव नौ दुई) प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206