२१ आषाढ २०८३, आइतबार

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

Logo
Pulse Khabar आइतबार, आषाढ २१, २०८३

लन्डन: बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।

बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गर्नुभएको थियो ।नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो ।

प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिनुभयो ।विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206