२१ आषाढ २०८३, आइतबार

गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी

Logo
Pulse Khabar शनिबार, आषाढ २०, २०८३

मोरङ: गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको हो । गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका एवं अवलोकन गर्नुका साथै प्रजिअ युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँले परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिनुभयो । यसैगरी, उहाँले प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङले विराटनगर रानीस्थित नेपाल–भारत सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्नुभएको थियो ।गृहमन्त्री गुरुङ विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आइसिपी)को निरीक्षण गर्नुभयो । उहाँले भन्सार क्षेत्रमा भइरहेको गतिविधि, सुरक्षा व्यवस्थापन तथा राजस्वसँग सम्बन्धित विषयमा जानकारी लिँदै सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनका गर्न निर्देशन दिनुभयो । गृहमन्त्री आज मोरङको निरीक्षणपश्चात् सुनसरी जिल्ला जानुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206