२१ आषाढ २०८३, आइतबार

प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

Logo
Pulse Khabar शनिबार, आषाढ २०, २०८३

गण्डकी: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भए पनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो । “प्रेस जगत् स्वतन्त्र हुनुपर्छ त्यसमा दुई मत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरुरी छ ।”

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले आफू व्यक्तिगत हिसाबले पनि सँधै प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउनुभयो ।मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा बहसमूलक सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो ।–––

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206