१९ आषाढ २०८३, शुक्रबार

खुला प्रतिस्पर्धाबाट ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं :सरकारले देशका सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ ।

खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारलाई कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियुक्त गरेका हुन् ।नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा डा. ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा नियुक्त भएका छन् ।उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिले खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका उम्मेदवारको मूल्यांकन तथा अन्तर्वार्तापछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार सातै विश्वविद्यालयका उपकुलपतिलाई औपचारिक रूपमा नियुक्त गरेका हुन् ।यससँगै लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेका विश्वविद्यालयहरूले नयाँ नेतृत्व पाएका छन् ।नयाँ उपकुलपतिहरूले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, अनुसन्धान प्रवर्धन तथा उच्च शिक्षामा देखिएका चुनौती समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206