१८ बैशाख २०८२, शुक्रबार

कोशीमा थपिए ४ मन्त्री र दुई राज्यमन्त्री

Logo
Pulse Khabar शुक्रबार, माघ २६, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गर्नुभएको हो ।

उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गर्नुभएको छ । उनीहरूलाई अहिले केहीबेरमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुने छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त हुनु भएको हो । उनीहरूलाई अहिले केहीबेरमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु हुने छ । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसक्नु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206