१९ आषाढ २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा २ प्रतिशतले घटाइयो

Logo
Pulse Khabar बिहिबार, आषाढ १८, २०८३

काठमाडौँ: यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३(एक सय त्रिचालीस) रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।

यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206