१६ आषाढ २०८३, मंगलबार

तुलसीपुरमा पाँच सय घरपरिवारलाई सुधारिएको चुलो वितरण: धुँवारहित भान्छाले स्वास्थ्यमा सुधार

Logo
Pulse Khabar मंगलबार, आषाढ १६, २०८३

तुलसीपुर (दाङ): तुलसीपुर उपमहानगरपालिकाले १९(उन्नाइस ) वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ ।चुलो विद्युत्को सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहनाअनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206