विराटनगर :नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुन प्रतितोला चार हजार पाँच सय र चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।मंगलबार बजारमा सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी मंगलबार बजारमा प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
