२५ जेठ २०८२, आइतबार

मोरङमा बाढीले बगाउदा दुई जनाको मृत्यु, २ जना बेपत्ता

Logo
Pulse Khabar मंगलबार, आषाढ ११, २०८१

मोरङका भिन्दाभिन्दै स्थानमा बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ । यस्तै दुई महिला बेपत्ता भएका छन् । मोरङ र सुनसरीको सीमानामा रहेको बूढीखोलामा माछा मार्ने क्रममा बाढीले बगाउँदा सुन्दरहरैंचा नगरपालिका–५ की २२ वर्षीय प्रेमकला चौधरीको मृत्यु भएको छ ।

बाढीले बगाउँदा ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी बेपत्ता छन् । दुवैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । ती महिलाहरू समूहमा माछा मार्ने क्रममा बाढीको चपेटामा परेका थिए ।

त्यस्तै, विद्यालय जाने क्रममा गोविने खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–४, याङ्शीलाका ११ वर्षीय श्याम राई छन् ।

साथीहरूसँगै खोला तर्ने क्रममा राईलाई बगाएको थियो । उनी स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत थिए । साथीहरू निस्किए पनि राई भने भेलमा फसेर बगेको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206