१३ आषाढ २०८३, शनिबार

भेनेजुएलामा विनाशकारी भूकम्प: मृतकको संख्या ९२०(नौ सय बीस) पुग्यो, हजारौं घाइते

Logo
Pulse Khabar शनिबार, आषाढ १३, २०८३

काठमाण्डौ :भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या ९००(नौ सय) नाघेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या ९२०(नौ सय बीस) जना पुगेको विपद् निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन हजार ३६० जना घाइते भएका छन् । उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन् ।दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकाससहित देशका विभिन्न भाग प्रभावित भएका छन् । घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ । सयौँको सङ्ख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन् ।

बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो । दोस्रो भूकम्प ७ दशमलव ५ म्याग्निच्युडको थियो । यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो । तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् । गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206