११ आषाढ २०८३, बिहिबार

हात्तीको त्रासले बाहुनडाँगीबासीद्वारा जीवन रक्षाको माग: सीमामै हात्ती रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

झापा: जङ्गली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं १, २, ३ र ४ स्थित बाहुनडाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षाको माग गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरिएको सामूहिक हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको हो । उक्त ज्ञापनपत्रमा चार वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर सङ¬्कलन गरिएको छ ।ज्ञापन पत्रमा भारतबाट दिनहुँ भित्रिने जङ्गली हात्तीको प्रवेशलाई बिनाशर्त रोक्नुपर्ने, मानव वस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीलाई उसको बासस्थानतर्फ फर्काउन रबरको गोली प्रयोग गरिने पर्ने, मेची किनारदेखि कोशी टप्पुसम्मको प्रस्तावित हात्ती करिडर परियोजना खारेज गरिनुपर्ने र हात्तीको आतङ्कलाई जोडेर पर्यटन प्रवर्द्धनको कुनै पनि गतिविधि बन्द गरिनुपर्ने माग गरिएको छ ।मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएपछि नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।

साविक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी भारतबाट दिनहुँ निर्वाध प्रवेश गर्ने जङ्गली हात्तीको बथानलाई सीमाबाटै फर्काउने उपाय नखोजेसम्म मानवीय र बालीको क्षति नरोकिने बताउनुहुन्छ ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थानीयबासीले बुझाएको माग पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै जनधनको सुरक्षा र हात्ती नियन्त्रणका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभयो ।सीमा पार गरेर बाहुनडाँगी क्षेत्रमा एक महिनादेखि दिनहुँ ठूलो बथानमा जङ्गली हात्तीहरू भारतबाट नेपाल आउने गरेका छन् । एक साता अघि मेचीनगर–४ मा आँगनमा फूल टिपिरहेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको थियो । बाहुनडाँगी क्षेत्रमा एक सातामा सयौँ बिघा क्षेत्रफलमा लगाइएको सुपारी, मकै, चियालगायतका बाली हात्तीले नष्ट गर्दा किसानहरू आक्रोशित छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206