१० आषाढ २०८३, बुधबार

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ५६ करोडको बजेट सार्वजनिक

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । महानगरपालिकाले पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९(उनन्चालिस ) लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।

जसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गरिनेछ । बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड र पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206