२५ जेठ २०८२, आइतबार

फक्तालुङमा पहिरो जाँदा गाउँपालिका उपाध्यक्षका बाबुआमा र दुई बहिनीको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, जेठ ३२, २०८१

विराटनगर । बिहीबार राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमासहित दुई बहिनीको मृत्यु भएको छ ।

फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

७१ वर्षीय राम बहादुर साम्रा, उनकी श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू १२ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको हो । जसमाया साम्रा गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा हुन् ।

राती पहिरो खसेका कारण उनीहरु घरबाट तत्कालै भाग्न नपाउँदा पुरिएर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रनाउ रावलले बताउनुभयो।

गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार राती करिव २ बजेतिर घरमाथिबाट ठुलो पहिरो खसेर परिवारलाई पुरेको हो । पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206