०९ आषाढ २०८३, मंगलबार

भारतको लखनउमा भीषण आगलागी: कम्तीमा १५ जनाको मृत्यु

Logo
Pulse Khabar मंगलबार, आषाढ ०९, २०८३

काठमाण्डौ :भारत उत्तर प्रदेशको लखनउको अलिगञ्ज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ ।किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहका अनुसार अस्पताल ल्याउँदा नै १५ जनाको ज्यान गइसकेको थियो । अन्य आठ जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको छ । आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा क्षति पुगेको छ ।

यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ ।प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई दुई लाख र घाइतेलाई जनही ५० हजार भारु दिने उल्लेख छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206