०८ आषाढ २०८३, सोमबार

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य: गोरखामा २ करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

गोरखा:  गोरखा नगरपालिका–९ (नौ) लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ ।

गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।”शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष उहाँकोे भनाइ छ । उहाँका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ ।

मन्दिर परिषद्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ । त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।मन्दिरलगायत मन्दिर परिसरमा भौतिक संरचना निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आर्थिक सहयोग प्राप्त भएको छ । मन्दिर निर्माणका लागि अन्य सङ्घ संस्था र दाताहरुसँग आर्थिक सहयोग भने नलिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206