२९ भाद्र २०८३, सोमबार

अस्ट्रेलियामा पनि देखियो बर्ड फ्लु, विश्वका सबै महादेशमा फैलियो घातक भाइरस

Logo
Pulse Khabar आइतबार, आषाढ ०७, २०८३

अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लु (एच फाइभ एन वान) सङ्क्रमण पुष्टि भएको छ । योसँगै बर्ड फ्लुको अत्यधिक सङ्क्रामक भेरियन्ट सबै महादेशमा पुगेको छ ।

पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ‘ब्राउन स्कुआ’ नामक प्रवासी चरामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाकी कृषिमन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा सङ्क्रमण देखिएको हो ।कृषिमन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको ‘साउदर्न पेट्रेल’ नामक चरामा पनि बर्ड फ्लुको आशङ्का गरिएको जानकारी दिनुभयो । यद्दपि अहिलेसम्म ठूलो सङ्ख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँको भनाइ छ ।

गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लु देखिएको थियो । तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन् ।ठूलो आकारको समुद्री चरा ‘ब्राउन स्कुआ’ ले मुख्यतया अन्टार्कटिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्छ । प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रसम्म बसाइँ सर्ने गर्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206